चार्टर विमानमार्फत १२९ चिनियाँ खेलाडी पोखरामा
पोखरा । चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना खेलाडी पोखरा आइपुगेका छन्।
शुक्रबारदेखि सुरु हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन उनीहरू चार्टर जहाजमार्फत पोखरा पुगेका हन्। खेलाडीलाई पोखराका मेयर धनराज आचार्यले स्वागत गरेका थिए।
फेस्टिभलमा चीनका ८, सिंगापुरका १ र नेपालका ११ टिम सहभागी हुनेछन्।
यसअघिको फेस्टिभलमा पनि सिचुवानकै चार्टर जहाजमा चिनियाँ खेलाडी आएका थिए। चीनको टोली सिचुवानकै जहाज चार्टरमा पोखरा आएको यो तेस्रोपटक हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment