पार्टीभित्रको फरक मतले नै लोकतन्त्रलाई बलियो बनाउँछ : नैनसिंह महर

डिसी नेपाल
११ पुष २०८१ १७:१७
40
Shares

इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो हुने बताएका छन्।

कांग्रेस इलामको मान्सेबुङ गाउँपालिकास्।त चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विभाग प्रमुखसमेत रहेका उनले लोकतन्त्रमा आफ्ना धारणा राख्न पाउनुपर्ने बताए। तर, फरक मतलाई पार्टीबाट बाहिर्‍याउने कदमले संविधान संशोधनले स्थीर सरकार बनाउने कुराको औचित्य पुष्टिगर्न गाह्रो हुने उनको भनाई थियो।

सत्ताको नेतृत्व कर्ता दल नेकपा एमालेतर्फ संकेत गर्दै उनले दलहरूभित्र फरक आवाजलाई डन्डा बजाउँदा विद्रोह हुने बताउँदै विद्रोह हुँदा सरकार ढलेर अस्थिरता निम्तिएका थुप्रै उदारण रहेको प्रस्ट पारे।

पार्टीभित्रको आजको फरक र अल्पमत पनि कुनै दिन बहुमतको अवस्थामा पुग्न सक्ने कयौं उदाहरलाई भुल्न नहुने महरको सुझाव छ। ‘हिजो कांग्रेसभित्र नै एउटा पक्षलाई बाहिर्‍याउने प्रयास भएको थियो। फरक मतलाई सम्मान गर्न नसक्दा पार्टी फुटको अवस्थामा पुग्यो। पुन: पार्टी एकिकरणपछि त्यही व्यक्ति पार्टीको मूलधार बन्न सफल हुनुभयो। त्यसैले लोकतन्त्रमा पार्टीभित्र कसैको आवाजलाई पनि दबाउनु हुँदैन,’ उनले भने।

माओवादीभित्र पनि फरक मतलाई सम्मान दिन नसक्दा पटक-पटक पार्टी फुटेको उदाहरण दिँदै उनले नेपालका कम्युनिष्टले आफ्नो व्यवहारलाई सुधार्न आवश्यक रहेको औंल्याए। कांग्रेसमा फरक मतलाई थोरै स्थान दिइने भए पनि फरक मत राख्ने नेतालाई मूलधारबाट बाहिर्‍याउने प्रयास हुने गरेको र त्यसलाई कांग्रेसले पनि सुधार्नुपर्ने महरको भनाइ छ।

‘२०४६ सालपछि प्राय: सबै दलभित्र फरक मत राखेका नेतालाई पार्टीको मूलधारमा आउने बाटो छेक्ने काम भएका कयौं उदाहरण छन्। यो लोकतान्त्रिक पद्धति र लोकतन्त्रका लागि चुनौति हो,’ उनले भने। राजनीतिक दलले आफ्नो पार्टी, नेता र कार्यकर्ताको बानी तथा व्यवहार संशोधन नरिकनै हामीले भनिरहेको संविधान संशोधनको मर्मलाई यस्तो व्यवहारले सम्बोधन गर्न नसक्ने उनको टिप्पणी छ।

संविधान संशोधनको समयमा पार्टीभित्र दसौं धारणा आउन सक्ने र बहुमत, अल्पमतले निर्णय गर्नुपर्ने अवस्था आएमा फरक मत राख्नेहरूलाई पार्टीबाट बहिस्कृत गराउने हिजो कांग्रेस, एमाले, नेकपा माओवादी, मधेश केन्द्रीतलगायतका दलमा देखिएको टुटफुटको जस्तै अवस्था सिर्जना भएमा संविधान संधोधनमै धक्का पुग्ने महरको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *