संघीय संसदका दुइवटा समितिकाे बैठक बस्दै

डिसी नेपाल
१२ पुष २०८१ ७:११
40
Shares

काठमाडाैं। संघीय संसदका दुइवटा समितिको बैठक बस्दैछ। संघीय संसद भवन, सिंहदरवार परिसरमा उक्त बैठक बस्ने संसद सचिवालयले जनाएको छ।

जस अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै इजेन्डा ​संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल हुनेछ। जुन बैठक अपरान्ह १२ः१५ बजेवाट सुरू हुनेछ।

उता, पूर्वाधार विकास समितिको बैठकमा पनि पुरानै एजेन्डाले निरन्तरता पाउनेछ। जसअनुसार विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सांसदसँगको छलफल बिहान ११ः०० बजेवाट सुरू हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *