गीतकार डा. दामोदर रेग्मीको ‘जिन्दगीको पाठशाला’को म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
१२ पुष २०८१ १६:३६
92
Shares

काठमाडौं । प्रशासनविद् एवं गीतकार डा. दामोदर रेग्मीको शब्द सृजना रहेको जिन्दगीको पाठशाला बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलमार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो।

गीतमा चर्चित गायिका आनि छोइङ डोल्माको स्वर छ। गीतमा कीर्ति न्यौपानेले संगीत भरेका छन्।

गीतमा सकारात्मक भाव समेटिएको आनिको भनाइ छ। गीतका शब्द अति मर्मस्पर्सी र यथार्थपरक रहेको उनले बताइन्। ‘डा. रेग्मी आफैँमा कुशल प्रशासनविद् र राम्रो गीत रचनाकार हुनुहुन्छ। यस गीतमा गीतकारले परिवेशको थथार्थ परिकल्पना र सो अनुरुप शब्द चयन गर्नु भएको छ,’ उनले भनिन्।।

म्युजिक भिडियो अति सुन्दरले निर्देशन गरेका हुन्। भिडियोमा मिथिला शर्माले शिक्षिका र समाजसेवीको भूमिका निर्वाह गरेकी छन्। उनले गीतका प्रत्येक शब्दले आफूलाई छुँदा अभिनय गर्न मन लागेको प्रतिक्रिया दिएकी छन्।

डा. रेग्मीले राम्रो टिमसँग काम गर्न पाउँदा निकै खुसी लागेको बताएका छन्। भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन्। ए वन म्युजिशियनका मिक्सिड्ग माष्टरिङ किशोर थापाले भिडियोको मिक्सिङ गरेका हुन्। गीतका एरेन्जर पुरुषोत्तम सुवेदीले अति नै राम्रो गीत र भिडियो बनेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *