पार्टी विरोधी कर्मका कारण भीम रावल बाहिरिए : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीविरोधी कर्मका कारण भीम रावल बाहिरिएको बताएका छन्।
नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार नवलपुरको गैंडाकोटमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त कुरा बताएका हुन्।
‘एमाले सिध्याउन लागेकाहरूलाई भीम रावल बाहिरिएको ठूलो चिन्ता छ। उनीहरूले बडा दुःख व्यक्त गरेका छन्। अनुशासनहीनता उद्देश्य प्राप्तिका लागि तगारो हुने गर्दछ। सार्वजनिक टिप्पणी के भयो भन्नेभन्दा पार्टीलाई अनुशासित बनाउनका लागि यो कदम चालिएको हो,’ उनले भने।
पार्टीमा अधिकारको खोजी गर्ने तर आफ्नो कर्तव्य पूरा नगर्ने प्रवृत्ति बढ्दै गएको उनको टिप्पणी छ।
अन्य नेताहरू माथिको कारबाही भनेको पार्टीमा फेरि क्रियाशील हुने आधार हो भन्ने बुझ्नु पर्ने उनको भनाइ छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment