नागार्जुन नपाका प्रमुखविरुद्ध भ्रष्टाचारसहित दुई मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता गरेको छ।
आयोगले आइतबार बस्नेत, उनकी श्रीमती उर्मिला र पद्मा कोलोनी प्रालि तथा उक्त कम्पनीका सञ्चालक एवं अध्यक्ष राजुप्रसाद कंडेलविरुद्ध दुईवटा कसुरमा मुद्दा दायर गरेको हो।
प्रमुख बस्नेतले पदको दुरुपयोग गरी जग्गाको अवैध कारोबारमा सघाएर बैंक खातामार्फत दुई करोड १५ लाख ७३ हजार नगद लिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।
उनले ६ करोड ८२ लाख मूल्य बराबरको जग्गा र प्रतिवादी कंडेललाई शंकर होटलमा विवाह भोजको २४ लाख ७२ हजार भुक्तान गर्न लगाएर जम्मा ९ करोड २२ लाख ४६ हजार घुस लिएको अख्यिारले अभियोग पत्रमा उल्लेख गरेको छ।
आयोग भ्रष्टाचार गरी आर्जन गरेको रकममा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी समेत कसूर समेत थप गरी सजाय माग दाबी लिएको छ। बस्नेतलाई सम्पत्ति शुद्धिकरणतर्फ १३ करोड १२ लाख ७३ हजार बिगो कायम गरी सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरेको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment