काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपति नियुक्तिका लागि आवेदन माग गरिएको छ। उपकुलपति छनोट सिफारिस समितिले बिहीबार १० दिने सूचना जारी गर्दै आवेदन माग गरेको हो।
केयू बारिहका व्यक्तिले पनि उपकुलपतिका लागि आवेदन दिन पाउने सूचनामा उल्लेख छ। मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त गरेको व्यक्तिले उपकुलपतिका लागि आवेदन दिन सक्ने छन्।
विश्वविद्यालयको प्राध्यपक पदमा नियुक्त भई काम गरेको अनुभव र दरखास्त दिनुअघि कुनै पनि राजनीतिक दलको सदस्य नरहेको व्यक्तिले पनि उम्मेदवारी दिन पाउने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment