नेपाल बैंकले लाभांश वितरण नगर्ने

डिसी नेपाल
२ माघ २०८१ ११:१५
76
Shares

काठमाडौं। नेपाल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ।

यस बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत गत आर्थिक वर्ष २०८०-८१ को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो। नेपाल बैंकले आर्थिक वर्ष २०७९–८० मा पनि लाभांश वितरण गरेको थिएन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *