राप्तीमा घडियाल गोहीको गणना सुरु
नेपालगञ्ज । बाँकेको राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना सुरु भएको छ।
जिल्लाको कुसुम क्षेत्रबाट गोहीको गणना सुरु भएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दिप पंगेनीले जानकारी दिनुभयो। दुई सातासम्म हुने गणनाका लागि निकुञ्जका केही कर्मचारीसहित दुई जना ‘सामुदायिक वैज्ञानिक’ परिचालन भएको पङ्गेनीले बताए।
राप्ती नदीको कुसुम, अगैया र शिवखोलासम्मको क्षेत्रमा घडियाल गोहीको बासस्थान भएको अनुमान छ। ती सबै क्षेत्रमा रहेका घडियाल गोहीको गणना हुने छ। गतवर्ष राप्ती नदीमा चितवनबाट ल्याइएका १४ वटा घडियाल गोही छाडिएका थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment