नबिल बैंकको वित्तीय विवरण सार्वजनिक: नाफा सवा ३ अर्ब

डिसी नेपाल
७ माघ २०८१ ११:५१
88
Shares

काठमाडौं। नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफा सामान्य १.२९ प्रतिशतले बढेको छ। यसअवधिमा खुद नाफा १.२९ प्रतिशतले बढेर ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको थियो।

यता, खुद ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ। खुद ब्याज आम्दानी खुम्चिए पनि इम्पेयरमेन्ट चार्ज घट्दा खुद नाफामा सामान्य सुधार आएको हो। गत वर्ष १ अर्ब ९७ करोड १७ लाख ९१ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष १ अर्ब ३५ करोड रुपैयाँमा आएको छ।

दोस्रो त्रैमाससम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३१ पैसाले बढेर २४ रुपैयाँ ०५ पैसा कायम भएको छ। प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ०१ पैसा छ। चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *