लुम्बिनी विकास बैंकको नाफा ३०.४६ प्रतिशतले नाफा
काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा १४ करोड ७६ लाख रुपैयाँ अर्थात गत वर्षको यसै अवधिको तुलनामा ३०.४६ प्रतिशतखुद नाफा कमाएको छ । गत वर्ष यो बैंकले २१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी भने ८.३४ प्रतिशतले बढेर ९३ करोड ११ लाख रुपैयाँ कायम भएको छ । यसको सञ्चालन नाफा भने ५०.३७ प्रतिशतले घटेर २३ करोड १३ लाख रुपैयाँमा झरेको छ । यसको वितरणयोग्य नाफा ७ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
लुम्बिनीको खराब कर्जा दर ३.५५ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ । हाल यस बैंकको चुक्ता पुँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २ अर्ब ८७ करोड रुपैयाँ जम्मा रहेको छ ।
यस बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९२ पैसाले घटेर ८ रुपैयाँ १५ पैसा (वार्षिक) मा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १८१ रुपैयाँ ३९ पैसा रहेको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment