६ किलाे गाँजासहित मकवानपुरबाट एक पक्राउ
मकवानपुर । लागूऔषध गाजासहित एकजना पक्राउ परेका छन्।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार मनहरी गाउँपालिका–९ मगरटोलबाट अवैध लागूऔषध गाँजा ६ किलोग्रामसहित सोही ५४ वर्षीय दुर्गाबहादुर मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment