पेस्तोलसहित दुई जना प्रहरी नियन्त्रणमा

डिसी नेपाल
८ माघ २०८१ १९:४०
464
Shares

जनकपुरधाम । सिरहाबाट कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका-१२ बेतौनाका १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय विष्णुकुमार महतो छन्।

दुवै जनालाई भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिई जाँच गर्दा प्रमोदको साथबाट कटुवा पेस्तोल एक थान र विष्णुको साथबाट फलामको नक फेला परेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले बताए।

सोमबार राति साढे ८ बजेको समयमा गोलबजार नगरपालिका-११ बल्कबास्थित मैनाबत्ती खोलामा लागेको भब्री मेलामा आएका केही व्यक्तिहरू बीच एक आपसमा झै–झगडा भएको थियो। त्यहाँ प्रहरी पुग्दा उनीहरू भाग्न थालेका थिए। सोही क्रममा प्रहरीले पक्राउ गरेको हो।

दुवै जनामाथि इलाका प्रहरी कार्यालय गोलबजारले हातहतियार सम्बन्धी कसुरमा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *