पूर्वराज्यमन्त्री शर्माको निधन
काठमाडौं । पूर्वराज्यमन्त्री तथा संविधान सभा सदस्य रामजीप्रसाद शर्माको ६८ वर्षको उमेरमा निधन भएको छ। उनको भारतमा उपचारको क्रममा निधन भएको हो।
मिर्गौलामा समस्या भएपछि पूर्वमन्त्री शर्मालाई उपचारका लागि भारत लगिएको थियो। शर्मा बागलुङका पुराना वामपन्थी नेताका रुपमा परिचित छन्। उनले लामो समय एमालेको राजनीति गरेका थिए।
उनी संविधानसभामा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment