थापागाँउमा एटीएम तोडफोड प्रयास
काठमाडौं । एनआइसी एसिया बैंकको थापागाँउस्थित एटीएममा गएराति चोरीको प्रयास भएको छ।
मंगलबार राति करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास भएको हो। घटनामा संलग्र एक जनालाई एटीएम फुटाउने प्रयास गरिरहेको अवस्थामा रहेको अवस्थामा प्रहरी वित्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो।
थापागाँउस्थित रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरीको प्रयास भएकोमा समयमै जानकारी पाइएकाले जोगाउन सफल भएको र अभियुक्तलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment