आइएमई लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीको माग
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशका लागि शाखा र उपशाखा प्रमुख पदको लागि कर्मचारीको माग गरेको छ। सो पदमा आवेदन दिनका लागि अबको एक हप्ता भित्र आवेदन दिनु पर्ने हुन्छ।
उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी बीमा, बैंकिङ तथा बिक्री बजार व्यवस्थापनको क्षेत्रमा कार्यानुभव भएको हुनुपर्ने जनाइएको छ। कम्प्यूटर सम्बन्धी दक्ष र २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीको भनाइ छ।
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आफ्नो बायो डाटा, नागरिकता शैक्षिक योग्यताको प्रमाणपत्र सहित माघ १८ गतेभित्र आवेदन दिनु पर्नेछ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment