आजवाट राप्रपाको केन्द्रीय समिति बैठक
काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आजबाट सुरू हुँदैछ।
बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा आजदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरिएको छ। सो बैठक भोलिसम्म जारी रहने जनाइएको छ।
बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मकाे अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्ययोजनामाथि छलफल हुने प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment