धनुषाका सामुदायिक विद्यालय बन्द

डिसी नेपाल
११ माघ २०८१ १२:२५
404
Shares

धनुषा । केहि दिनदेखि तराई क्षेत्रमा बढेको अत्याधिक चिसोलाई मध्यनजर गर्दै धनुषाका विभिन्न पालिकाका सामुदायिक विद्यालयहरु बन्द भएका छन्।

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरु तीन दिनसम्मका लागि बन्द गरिएको छ। विपद् व्यवस्थापन समितिको बैठकले जनकपुरधाम उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु माघ ११ गतेदेखि १३ गतेसम्म दुई दिन जाडो बिदा दिने निर्णय गरेको छ।

उपमहानगरका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै विद्यालय बन्द गर्ने जानकारी गराएका हुन्। दुई दिनको जाडो बिदा शैक्षिक क्यालेण्डरमा उल्लेखित वर्षे बिदावाट कट्टा गर्ने व्यवस्था मिलाइएको उनले जनाएका छन्।

अत्यधिक जाडोको कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै माघ ११ गते शुक्रबारदेखि १३ गते आइतबारसम्म जम्मा २ दिन वर्षे बिदावाट कट्टा हुने गरी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रशासनिक कार्यवाहेक पठन–पाठन बन्द रहने जनाइएको छ।

त्यस्तै, धनुषाकै सबैला नगरपालिकाले पनि वर्षे विदाबाट कट्टा हुने गरी १५ गतेसम्मका लागि विद्यालयहरुमा विदा दिएको छ। यता धनुषाधाम नगरपालिकाले पनि चिसो मौसम र शीतलहरका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै १३ गते सम्मका लागि विद्यालयहरुमा विदा दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *