भारतमा रेल दुर्घटनामा ज्यान गुमाउने सात नेपालीको सनाखत

डिसी नेपाल
११ माघ २०८१ १५:३२
900
Shares

काठमाडौं । भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउने सात नेपालीको सनाखत भएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ज्यान गुमाउने सात नेपालीको विवरण सार्वजनिक गरेको हो।

मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम राध रहेको मन्त्रालयले जनाएको छ।

यस्तै दुर्घटनामा थप चार जना नेपाली घाइते समेत भएका छन्। घाइतेमध्ये चार जनाको स्थानीय अस्पताल र १ जनाको गम्भीर अवस्थामा जलगाउँस्थित गोदावरी अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

दुर्घटनामा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन तथा घाइतेको शीघ्र उपचार गर्नका लागि मन्त्रालयले दिल्लीस्थित दूतावास तथा काठमाडौंस्थित भारतीय दूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको विज्ञप्तिमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *