टीभीएस मोटर कम्पनीद्वारा काठमाडौंमा राष्ट्रिय स्तरको स्किल फेस्टको आयोजना

डिसी नेपाल
११ माघ २०८१ १७:१६
80
Shares

काठमाडौं। टीभीएस मोटर कम्पनीले काठमाडौंमा राष्ट्रिय स्तरको सिप प्रतियोगिता आयोजना गरेको छ। उक्त प्रतियोगितामा नेपालका उत्कृष्ट ३० टेक्नीसियनहरूले सहभागिता जनाएका छन्।

नेपालभरिबाट छानिएका यी ३० प्रतिभाशाली टेक्नीसियनहरूले टीभीएस मोटर्सको अटोमोटिभ क्षेत्रमा आफ्नो सिप, ज्ञान, र दक्षताको प्रदर्शन गरेका छन्। प्रतिस्पर्धाबाट उत्कृष्ट ५ टेक्नीसियनहरू छनोट गरिनेछ, जो भारतको बेंगलोरमा आयोजित एसिया स्तरको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

कार्यक्रमको मुख्य उद्देश्य विश्वव्यापी टेक्नीसियनहरूको ज्ञान आदानप्रदान, नवीनतम प्रविधिको उजागर, र मोटरसाइकल उद्योगमा सेवा स्तरलाई नयाँ उचाइमा पुर्‍याउनु रहेको थियो। प्रतियोगितामा टीभीएस मोटरसाइकलको प्रविधि, जटिल समस्या समाधान, र ग्राहक सेवा सीपका आधारमा प्रतिस्पर्धीहरूको परीक्षण गरिएको थियो।

टीभीएस मोटर्सले आफ्नो नेतृत्व सुदृढ बनाउन टेक्नीसियनहरूको सिप विकासमा विशेष ध्यान दिँदै आएको छ। यो प्रतियोगिता प्राविधिक दक्षता मात्र नभई सहकर्मी र उद्योग विशेषज्ञहरूसँग प्रत्यक्ष सिक्ने उल्लेखनीय अवसर पनि हो।

कम्पनीले सवारी साधन उत्पादनमा मात्र नभई उत्कृष्ट सेवा प्रवाहमा पनि उच्च मापदण्ड कायम राख्ने प्रतिबद्धता प्रस्ट गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *