६ जनाको शव फेला

डिसी नेपाल
११ माघ २०८१ १९:४८
1.2k
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ।

कास्कीको पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क भित्र सोही महानगरपालिका-१५ ठुली मजुवा घर भएका ३२ वर्षीय कृष्ण बानिया शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

ललितपुरको महांकाल गाउँपालिका-४ बागभैरव बस्ने ३७ वर्षीय मनुराज वाइवा सोही गाउँपालिका बागभैरव डाँडास्थित सडकमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

रामेछापको गोकुलगंगा गाउँपालिका-३ बाबरे बस्ने ८४ वर्षीया लिला कुमारी सुनुवार आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।

उदयपुरको ताप्ली गाउँपालिका-२ धारापानी बस्ने ५३ वर्षीया राम कुमारी राई सोही गाउँपालिका-२ स्थित नारीमाला जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।

झापाको मेचीनगर नगरपालिका-७ पाथिभरा टोल बस्ने ४६ वर्षीय जीवन राज पाण्डे आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

काठमाडौंको गोकर्णेश्वकर नगरपालिका-४ गोकर्णस्थित खाली चौरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *