प्रधानमन्त्री भए भने उत्कृष्ट काम गरेर देखाउन सक्छु : गगन थापा

डिसी नेपाल
१३ माघ २०८१ १६:४०
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउन सक्ने बताएका छन्।

आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यसअघिका, हालका वा अब बन्ने प्रधानमन्त्रीभन्दा आफूलगायत युवा पुस्ताबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउन सक्ने दाबी गरे।

अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण कांग्रेसको संसदीय दलको नेताका लागि पहल गरेको बताउँदै उनले अबको दशक खेर फाल्न नहुने बताए।

महामन्त्री थापाले भने, ‘म भनेको हामी। म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्रीहरू भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौं भन्ने कुरा म अहिले पनि विश्वास गर्छु। आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौं। यति कुरा दाबाका साथ भन्नसक्छु। त्यही चलाउँछौं भन्ने विश्वासका साथ बन्ने प्रयास पनि गरेको हो। म जिम्मा लिन्छु भनेर गएको पनि हो। ती प्रयासबाट आएका परिणामहरूलाई पनि स्वीकार्नुपर्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *