६ लाखसहित भारतीय नागरिक पक्राउ
वीरगञ्ज । स्रोत नखुलेको ६ लाख रुपैयाँसहित प्रहरीले वीरगञ्जबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बिहारको मोतीहारीका २७ वर्षीय ओमकुमार रौनियारलाई स्रोत नखुलेको ६ लाख रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिए।
वीरगञ्ज–१० आदर्शनगरबाट बीआर ०५ क्यू ४३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई पक्राउ गरिएको हो। उनीविरुद्ध हुन्डी कारोबारको कसुरमा थप अनुसन्धान भइरहेको लम्सालले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment