ओखलढुंगा सुमो दुर्घटनाका फरार चालक भक्तपुरमा फेला
काठमाडौं । तीन जनाको ज्यान जाने गरी ओखलढुंगामा भएको सुमो दुर्घटनाका फरार चालक भक्तपुरमा उपचाररत अवस्थामा भेटिएका छन्।
बिहीबार मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित भँडारेखोलामा पूर्व खोटाङ यातायात प्रालिको ना १ ज ६४२१ नम्बरको सुमो दुर्घटना हुँदा एकै परिवारका तीन जनाको ज्यान गएको थियो।
घटनापछि चालक सुनसरी जिल्ला इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित भने फरार थिए।
खोजी गर्ने क्रममा उनी भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचाररत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। पण्डितको हात, अनुहार र छातीमा चोट लागेको छ।
दुर्घटनामा केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङ गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment