महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच असुली प्रणाली सुदृढ बनाउन सम्झौता

डिसी नेपाल
२० माघ २०८१ १८:२२
44
Shares

काठमाडौं। महालक्ष्मी विकास बैंक र डोल्मा कन्सल्टेन्सीबीच कर्जा असुली सम्बन्धमा असुली परामर्शदाताको रुपमा कार्य गर्ने गरी तथा कर्जा असुली कार्यमा समेत सहजीकरण गर्ने गरी बैंकको केन्द«ीय कार्यालयमा एक कार्यक्रमका बीच सम्झौता भएको छ ।

बैंक र डोल्मा कन्सल्टेन्सीबीच भएको सम्झौता पश्चात बैंकले ऋण असुली सम्बन्धी कानुनी परामर्श, तालिम र ऋण असुलीको लागि प्रयोग गरिने अन्तराष्ट्रिय स्तरको सफ्टवेयरको प्रयोग गर्न सक्नेछ। डोल्मा कन्सल्टेन्सीले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुसँग बैंकिङ सवलीकरण लागी सहकार्य गर्दै आएको छ ।

अनुभवी स्वदेशी तथा विदेशी विज्ञहरुद्वारा सञ्चालित डोल्मा कन्सल्टेन्सीसँगको सहकार्यले खराब कर्जा असुली प्रणाली सुदृढ बनाउन तथा खराब कर्जा ब्यवस्थापन गर्न बैंकलाई र कर्जा ग्राहकलाई थप सहज हुने विश्वास लिईएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *