आगलागी हुँदा खरानी बन्यो खानेपानी मन्त्रीको कार्यकक्ष
काठमाडौं । काठमाडौंको सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी हुँदा मन्त्री कार्यकक्ष खरानी बनेको छ।
सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८:३५ बजे आगलागी भएको हो। उक्त तलामा खानेपानीमन्त्रीको कार्यकक्ष रहेकोमा जलेर खरानी बनेको हो।
सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको बताए। उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत छ।
आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन। तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरणसमेत आइसकेको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment