कथाकार गोपी मैनालीको कथा संग्रह विशृङ्खलित सपनाको परिचर्चा

डिसी नेपाल
२६ माघ २०८१ १६:४०
56
Shares

काठमाडौं । साहित्यक पत्रकार संघद्वारा आयोजित कार्यक्रममा बरिष्ठ समालोचक तथा सर्जकबाट गोपी मैनालीको हालै प्रकाशित कथा सङ्ग्रह ‘विशंङ्खलित सपना’माथि विभिन्न कोणबाट परिचर्चा भएको छ।

संघका सभापति एवं अन्तराष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा बरिष्ठ कवि एवं कथाकार महेश प्रसाईंले गोपी मैनालीका निबन्ध जसरी शंकर लामिछाने पछि अलग्गै पहिचान कायम गर्न सफल भएको बताए।

कथा सङ्ग्रह विशृङ्खलित सपना पनि वेगल आयाम उघार्न सफल भएको उनको भनाइ थियो। बरिष्ठ समालोचक प्रमोद प्रधानले मैनालीका कथामा झिनो कथानक भए पनि गहन दृष्टि र उत्कृष्ठ शैलीले विशेष भएको धारणा राखे।

चचर्चित नियात्राकार प्रतीक ढकालले गोपी मैनालीको विविध व्यक्तिमाथि प्रकाश पार्दै कथा नेपाली जनजीवनका भोगाइका उत्कृष्ठ अभिव्यक्ति, हेनरीका कथा जस्तै सास्वत अभिव्यक्ति र पर्लल युक्त भएको बताए।

मैनाली प्रशासनिक नेतृत्वको उच्च स्थानमा पुगेर राष्ट्रसेवामाथि न्याय गर्दै अगि बढेका स्रष्टा भएको बताउँदै उनका कृतिको अंग्रेजी भाषामा अनुवाद भएमा नेपाली कथाको उचाइको परिचय विश्वव्यापी हुने ढकालले धारणा राखे।

अर्की चर्चित समीक्षक अनिता कोइरालाले मैनालीका कथामा मिहीन ढंगबाट मनोविज्ञानको विश्लेषण र भोगाइको अनुभूति संगालिएको बताइन्। सङ्ग्रहमा रहेका सत्र कथामध्ये महेश प्रसईंबाट पाँच र प्रमेद प्रधान, प्रतीकढकाल र अनिता कोइलाबाट चार/चार कथाको विश्लेषण भएको थियो।

कार्यक्रममा परिचर्चा कार्यक्रममाथि विषयबस्तुको प्रकाश पार्दै बरिष्ठ समालोचक युवराज मैनालीले मैनालीका कथामा मिहिन मनोविश्लेषण, फराकिलो दृष्टिकोण, ग्रामीणदेखि विश्वव्यापी परिवेश र उत्कृष्ठ शैली रहेकोले उनीबाट नेपाली साहित्यले धेरै सिर्जनापाउनु पर्ने कुरा उल्लेख गरे।

बरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीले मैनालीका निबन्ध र समालोचना प्रवृत्तिको विश्लेषण गर्दै कथामा पनि उनको प्रवेशले कथा कस्तो हुनुपर्छ भन्ने वेगल पहिचान दिएको बताए। ‘नेपालको निजामती प्रशासनमा रहँदा जसरी उत्कृष्ठ छवि कायम गर्नुभएको छ, साहित्यमा पनि त्यही छवि देखिएको छ,’ उनले भने।

बरिष्ठ कवि एवं अध्यात्मिक चिन्तक हरि भक्त सिग्देल महेशले साहित्य, सुशासन र प्रशासनमा समान छवि भएका मैनालीका कथाले नेपाली समाज र विश्व परिवेशलाई बोकेको सन्दर्भ उल्लेख गरे।

कथाकार मैनालीले आफूले आफ्नै परिवेशका घटना र अनुभूतिलाई आख्यानीकरण गरेको र कथाका विषयबस्तु आफ्नै परिवेशका विषय भएको बताए। आफ्ना समालोचकीय मान्यतामा रहेर कथा, निबन्ध, नियात्रा सिर्जना गरेको कुरा उनले बताए।

सभापति लेकालीले नेपाली साहित्यमा गुरुप्रसाद मैनालीको कथा परम्परालाई मैनाली बन्धुले श्रीवृद्धि गरेकोमा प्रशंसा गर्दै साहित्य र प्रशासनमा समान रुपमा उत्कृष्ठ स्थान राख्न मैनाली सफल भएको र उनका कथा विदेशी भाषामा प्रकाशन हुनुपर्ने धारणा राखे।

मुरारीराज सिग्देलले सञ्चालन गरेको कार्यक्रममा बरिष्ठ साहित्यकार वियोगी बुढाथोकी, गोविन्दमान सिंह कार्की, विमल भौकाजी, तुलसी हरि कोइराला, महेन्द्र चालिसे, आलोक चालिसे, देवराज मैनाली, नारायण मैनाली, डा. राम मैनालीलगायत श्रष्टाको सहभागीता रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *