७२६ केजी गाँजा बरामद

डिसी नेपाल
२६ माघ २०८१ १७:१२
308
Shares

काठमाडौं । सप्तरीको बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट सात सय २६ केजी गाँजा बरामद भएको छ।

बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ प्र.१–०२–००२ च ५८३८ नम्बरको स्कारपियोबाट आज उक्त परिमाणको गाँजा बरामद भएको हो। मौवहा मल्हनिया प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक हेमन्त तामाङका अनुसार सवारीसाधनका चालक फरार छन्। निजको खोजी भइरहेको छ।

गत पुस २७ गते पनि बलान बिहुल गाउँंपालिका–१ कमलदाहाबाट ६७० किला तथा मङ्सिर ४ गते जिल्लाको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट टिपर र चालकसहित एक हजार सात सय १७ किलो गाँजा बरामद भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *