नेपाली आरोही पाण्डेद्वारा ल्याटिन अमेरिकाको सर्वोच्च शिखर आकोन्कागुआको सफल आरोहण

डिसी नेपाल
२७ माघ २०८१ ६:२८
88
Shares

काठमाडौं। नेपाली आरोही प्रकाशराज पाण्डेले ल्याटिन अमेरिकाको सर्वोच्च शिखर आकोन्कागुआको सफल आरोहण गरेका छन्। आरोही पाण्डेले फेब्रुअरी ६ मा उक्त हिमालको सफल आरोहण गरेका छन्।

सातै महादेशका सातै उच्च शिखर आरोहणको दौडमा रहेका पाण्डेले स्थानीय समयअनुसार फेब्रुअरी ६ को बिहान ७ः५० मा उक्त हिमालको सफल आरोहण गरेका हुन्।

पाण्डेले नेपाली राष्ट्रिय झण्डा आकोन्कागुआमा फरफराएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय पहिले उनलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरेका थिए।

यस अगाडि पाण्डेले एसिया, अफ्रिका तथा युरोपका सर्वोच्च शिखरहरूको सफल आरोहण गरिसकेका छन्। गत जनवरी २१ मा उनी अर्जेन्टिनाको राजधानी व्युनर्स आयर्स पुगेका थिए। आफ्नो आरोहणले नेपाल र अर्जेन्टिनाको कूटनीतिक सम्बन्धमा न्यानोपना आउने पाण्डेले बताए।

अबको योजना उत्तर अमेरिकाको सर्वोच्च शिखर देनालीको सफल आरोहण गर्ने रहने उनले जानकारी दिए। देनाली अमेरिकाको अलास्कामा रहेको हिमाल हो। यसलाई औपचारिक रूपमा माउन्ट मेकिन्ले भनिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *