दशैँको फूलपातीमा ‘हरिबहादुरको जुत्ता’ रिलिज तय

डिसी नेपाल
२७ माघ २०८१ १२:५५
84
Shares

काठमाडाैं। दिपेन्द्र के खनालको निर्देशन तयार भैरहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले रिलिज मिति तय गरेको छ। सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा मुहूर्त पूजा गर्दै शंखुबाट छायांकन थालिएको चलचित्र २०८२ को दशैँको फूलपातीमा रिलिज हुने भएको छ।

हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी, मुरलीधर लगायतका कलाकार रहेको चलचित्र ४५ दिनसम्म काभ्रे र काठमाडौंका विभिन्न लोकेसनमा खिचिनेछ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा सरोज ओली र मोहितवंश आचार्य निर्माताको रुपमा रहेका छन्। सामाजिक र हास्यकथावस्तुमा बन्न लागेको फिल्म महजोडीको चर्चित पात्र हरिबहादुरको पात्रबाट प्रभावित हुनेछ । चलचित्रमा हरिवंश आचार्यको कन्सेप्ट, कथा रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *