भेरी नदीमा बेपत्ता भएका अर्का व्यक्तिको शव फेला
काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिका–१० स्थित भेरी नदीमा खसेर बेपत्ता भएका अर्का एकजनाको शव फेला परेको छ। सशस्त्र प्रहरीको गोताखोरले शव फेला पारेको हो।
आइतबार दिउँसो पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२ स्थित प्वाङ बस्ने १८ वर्षीय अर्जुन झाक्री मगरको शव फेला परेको हो।
यसअघि माघ २४ गते सोही ठाउँ बस्ने २४ वर्षीय अनिल घर्तीको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको थियो। उनीहरू निमार्णधीन झोलुंगे पुलको लठ्ठा तान्ने क्रममा माघ २३ गते दिउँसो नदीमा खसेर बेपत्ता भएका थिए।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं. ३२ रक्तकाली गण सुर्खेतबाट ६ जना गोताखोरसहितको टोली उनीहरूको खोजीकार्यको लागि निरन्तर परिचालन भएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment