ढुंगा निकाल्ने क्रममा पहिरो झर्दा एकजनाको मृत्यु, एक घाइते

डिसी नेपाल
२७ माघ २०८१ २३:५१
112
Shares

अछाम । जिल्लाको मेल्लेख गाउँपालिका–५, कौलेनामा पहिरो झरेर पुरिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

आइतबार दिउँसो ढुंगा निकाल्ने क्रममा एक्कासि माथिबाट पहिरो झर्दा मेल्लेख–५ का ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले जानकारी दिए। उनका अनुसार सोही पहिरोमा परी मृतकका भतिजा ४८ वर्षीय भीमबहादुर खड्का घाइते भएका छन्।

घाइतेको कम्मर र शरीरको पछाडिको भागमा चोट लागेको जनाउँदै प्रनाउ भण्डारीले उनलाई थप उपचारको लागि मेल्लेख गाउँपालिकाको एम्बुलेन्समार्फत न्याय हेल्थ अस्पताल बयालपाटा पठाइएको बताए। उनका अनुसार प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद लामिछानेको नेतृत्वमा प्रहरी टोली खटाएर घटनाबारे थप अनुसन्धान थालिएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *