बुढानीलकण्ठमा प्रहरीको छापा, २३ जना पक्राउ

डिसी नेपाल
२८ माघ २०८१ ७:२९
3.2k
Shares

काठमाडौं। प्रहरीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ३ स्थित एक घरमा छापा मारेर २३ जनालाई पक्राउ गरेको छ।

आइतबार राति अबेरसम्म गरिएको सर्च अप्रेशनको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो। अवैध अनलाइन जुवा, सट्टेबाजी लगायतका गतिविधि भइरहेको स्थानमा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारेको थियो।

काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीले अनलाइन जुवा घरमा छापा मारिएको जानकारी दिए। उनीहरुको साथबाट८८ वटा मोवाइल र १० वटा ल्यापटप बरामद गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *