फिल्म ‘पीआर’ को मंगलबारबाट छायांकन सुरु
काठमाडौं। सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने फिल्म ‘पीआर’ को मंगलबारबाट छायांकन सुरु भएको छ।
अस्ट्रेलियाको कोग्रास्थित बैठक रेष्टुरेन्टमा फिल्मको मुर्हतसँगै छायांकन सुरु भएको हो। रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन्।
निर्देशक बस्नेतका अनुसार कलाकारहरु आर ए सुरज पौडेल, राजन कुँवर, बिनिता कार्की, पुजा चौधरी र आस्मा अधिकारीले मुहुर्त सट दिएका थिए। फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायलको अभिनय छ।
फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता र एपिआइसिका गणेश केसी कार्यकारी निर्माता छन्।
फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ मानन्धरको छायांकन र बन्दे प्रसादको सम्पादन हुनेछ। निर्देशक बस्नेतले फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा गरिने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment