बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ।
काठमाडौंमा वितरण गरिने थोक प्रणालीको पाइप गएरातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।
उनले भने, “पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो। पानी बन्द भएपछि गएरातिबाट हामीले मर्मतको सुरु गरेका छौं। मर्मत सकिएपछि पानी बितरण प्रक्रिया सुरु गर्ने छौं।”
विद्युतका तारहरु भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक बितरण प्रणालीको पाइप फुटेपछि जलमग्न भएको र विषेश अदालत सहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment