निकालियो धोबिखोलामा खसेको कार

काठमाडौं । काठमाडौंको धोबिखोलामा खसेको कार निकालिएको छ।
आइतबार साँझ मदन भण्डारी कलेज छेउमा कार खसेको थियो।
बा २१ च ६६१४ नम्बरको कार आज साँझ धोबिखोलामा खसेको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ।
कुनै मानवीय क्षति नभएको र आवश्यक चेकजाँच गरिरहेको पनि प्रहरी वृत्त सिंहदरबारले दिएको छ।
यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो।
प्रतिक्रिया
Facebook Comment