अर्थमन्त्री पौडेल डिस्चार्ज
काठमाडौं। उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेललाई आज डिस्चार्ज भएका छन्। जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले आज डिस्चार्ज गर्ने निर्णय भएको कीर्तिपुर अस्पतालले जनाएको छ।
पोखरा भ्रमण वर्ष उद्घाटनको दिन आगोले बेलुन पडकिए पछि अर्थमन्त्रीसहित पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए। स्थानीय गण्डकी अस्पतालमा प्राथमिक उपचार पछि किर्तिपुरस्थित अस्पतालमा तीन दिन अघि भर्ना गरिएको थियो।
मेयर आचार्यलाई भने केही दिन अझै अस्पतालमा राखिने भएको छ। आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको र केही दिन थप उपचार गर्नुपर्ने चिकित्सकले बताएको अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment