बाबुराम भट्टराईलाई लोहनीको प्रश्न-यो देश तपाईंको विर्ता हो?

डिसी नेपाल
९ फागुन २०८१ १२:३८
552
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई ‘स्टालिनवादको रन्को थाम्ने र फासिस्ट कित्तामा पुग्ने’ रवैया त्याग्न सुझाएका छन्। नेपाल देश भट्टराइको विर्ता नभएको समेत लोहनीले टीप्पणी गरेका छन्।

‘के यो देश तपाईंको विर्ता हो? अथवा तपाईंमा अझ पनि स्टालिनवादको रन्को बाँकी छ? अरु सबै वेठिक र म मात्रै जान्ने र सत्यको अन्तिम हकदार भन्ने चिन्तन बिस्तारै फासिस्ट कित्तामा पुग्छ, यस्तो यात्रामा नलाग्नुस्,’ वरिष्ठ राजनीतिज्ञ डा. लोहनीले सामाजिक सञ्जालमा भनेका छन्।

पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी गरेको भिडियो वक्तव्यमा राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको उन्नति र समृद्धीका लागि सहयोग गर्न देशवासीलाई आह्वान गरेपछि पूर्वप्रधानमन्त्री भट्टराइले पूर्वराजाले सीमा नाघेको र कारवाही गर्नु पर्ने मत सार्वजनिक गरेका थिए।

भट्टराइको सो भनाइप्रति कटाक्ष गर्दै डा. लोहनीले प्रतित्यत्तर दिएका हुन्। ‘मित्र बाबुराम भट्टराइजी, राजा ज्ञानेन्द्रले अब म अगाडि बढ्छु भन्दा तपाईलाई धेरै रिस उठेछ । तपाईँ धेरै नरिसाउनुस् मित्रको ब्लड प्रेसर बढ्ला भन्ने चिन्ता छ,’ लोहनीले भने।

‘तपाईंले राजनीति गर्न हुने र राजा ज्ञानेन्द्रले देशको दुर्दशा अब हेरेर बस्न सकिँदैन, म अगाडि आउँछु सहयोग गर्नुस् भन्न नपाइने ?’ उनले भने।

राप्रपाका पूर्वअध्यक्ष लोहनीले भट्टराइलाई नयाँ पार्टीका लागि शुभकामना समेत दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *