‘करुणा’ पुस्तक ल्याएकी पत्नी राधिकालाई प्रधानमन्त्रीको बधाई
काठमाडौं । प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्यले लेखेको दोस्रो पुस्तक ‘करुणा’ शनिबार सार्वजनिक हुने भएको छ। भोलि दिउँसो साढे १२ बजे राष्ट्रिय सभागृहमा पुस्तक लोकार्पण गरिने भएको छ।
प्रधानमन्त्री ओलीले राधिकाको दोस्रो पुस्तक ‘करुणा’ आफ्नो हात परेको र साह्रै राम्रो लेखेको भन्दै बधाई र शुभकामना दिएका छन्। ‘अस्ति राधिकाको दोस्रो किताब ‘करुणा’ हात पर्यो। एकदमै राम्रो लेखेकी रहिछिन्, निकै रोचक लाग्यो। भोलि १२:३० बजे राष्ट्रिय सभागृहमा पुस्तक सार्वजनिक गर्ने कार्यक्रम छ। राधिकालाई बधाई, धेरै धेरै शुभकामना,’ ओलीले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्।
राधिका शाक्यले यसअघि ‘मेरो अनुभूति’ भन्ने पुस्तक लेखेकी थिइन्। जसमा ओलीसँग साथमा रहँदा एमाले नेताहरुको चरित्र र विचार समेटिएको थियो। जसले एमाले नेताहरुमा तरंग सार्वजनिक गरेको थियो। ‘करुणा’ मा भने सामाजिक कार्यमा सहभागिता हुँदाका विषय समेटिएको बुझिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment