नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन

डिसी नेपाल
११ फागुन २०८१ १३:५५
212
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने त्यसको निरन्तर विरोध गरिरहने बताए।

‘नेपालमा राजालाई कुनै कुनै स्पेश दिनुपर्छ। राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ। गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु हो भन्ने अर्थमा यहाँ कुरा राखियो। तपाईंले गणतन्त्र लडेर ल्याइएको होस् अथवा विदेशीको बुइँ चढेर ल्याइएको होस्। त्यो गणतन्त्र  लुटतन्त्रमा परिणत हुन्छ भने हामी त्यसको निरन्तररुपमा विरोध गरिरहन्छौं,’ उनले भने।

कांग्रेस सांसद ईश्वरी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने मन भए चुनावमा लडेर आउन चुनौती दिएपछि लिङ्देनले त्यसको जवाफ दिएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *