दिल्लीकी मुख्यमन्त्री गुप्तालाई पशुपतिनाथको दर्शन गर्न पूर्व छात्र संघको निमन्त्रणा

डिसी नेपाल
११ फागुन २०८१ १९:२८
2.6k
Shares

काठमाडाैं। दिल्ली विश्वविद्यालयका नेपाल पूर्व छात्र संघ (अल्मोनाइ एसोसिएसन) ले दिल्लीका नवनियुक्त मुख्यमन्त्री रेखा गुप्तालाई बधाइ दिँदै पशुपतिनाथको दर्शन गर्न निम्ता दिएको छ।

दिल्ली विश्वविद्यालय नेपाल पूर्व छात्र संघ (अल्मोनाइ एसोसिएशन) का अध्यक्ष सुशीलकुमार पन्तले नवनियुक्त मुख्यमन्त्री गुप्तालाई पवित्र पशुपतिनाथ मन्दिरको दर्शन गर्न निम्ता दिएका हुन्।  मुख्यमन्त्री गुप्ता दिल्ली विश्वविद्यालय विद्यार्थी युनियनकी पूर्व अध्यक्ष हुन्।

अध्यक्ष पन्तले दिल्ली विश्वविद्यालयमा अध्ययन गरेर गुप्ता मुख्यमन्त्री पदमा नियुक्त भएको भन्दै आफूहरु गौरवान्वित भएको जनाएका छन्।

‘दिल्ली विश्वविद्यालय विद्यार्थी संघको अध्यक्षको रुपमा सेवा गर्नेदेखि दिल्लीको सर्वोच्च पद ग्रहण गर्ने तपाईंको यात्रा अटल समर्पण, नेतृत्व र सार्वजनिक सेवाप्रतिको प्रतिवद्धताको प्रमाण हो,’ अध्यक्ष पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी तपाईंलाई हाम्रो शहर भ्रमण गर्न र पवित्र पशुपतिनाथ मन्दिरमा प्रार्थना गर्न हार्दिक निमयन्त्रणा गर्दछौं।’

यो भ्रमण केवल अध्यात्मिक यात्रा मात्र नभइ दिल्ली र नेपालबीचको सांस्कृतिक र शैक्षिक सम्बन्धलाई सुदृढ पार्ने अवसर हुने अध्यक्ष पन्तले विश्वास लिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *