शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना

डिसी नेपाल
१३ फागुन २०८१ १२:३१
472
Shares

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराई स्वास्थ्यमा समस्या देखिएपछि चार दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छन्।

घाँटीमा समस्या देखिएकाले भट्टराई चार दिनदेखि अस्पतालमा उपचाररत रहेको उनको सचिवालयले जनाएको छ। भट्टराईलाई क्षयरोग भएको आशंका गरिएको छ।

मन्त्री भट्टराईको उपचारमा संलग्न चिकित्सकका अनुसार क्षयरोगको आशंकामा थप परीक्षण भइरहेको छ। मंगलबार बिहान स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अस्पताल पुगेर मन्त्री भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि भट्टराई केही दिनयता सार्वजनिक कार्यक्रममा देखिन छाडेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *