कम्युनिष्टहरूबीच नयाँ आधारमा एकता सम्भव छ : विप्लव

डिसी नेपाल
१४ फागुन २०८१ १७:४१
68
Shares

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका कम्युनिष्टहरूबीच नयाँ आधारमा नयाँ एकता सम्भव रहेको बताएका छन्।

रास्कोट नगरपालिकाले बुधबार विहान आयोजना गरेको स्वागतपछि बोल्दै महासचिव विप्लवले नेपालका कम्युनिष्टहरुबिच नयाँ आधारमा नयाँ एकता सम्भव भएको बताएका हुन्।

उनले भने, ‘नेपालमा सिंगै देशको नेतृत्व कम्युनिष्ट पार्टीले गर्नु पर्छ, त्यसका लागि ठोस प्रस्तावसहित नयाँ आधारले नयाँ एकता सम्भव छ। माओवादीहरुको बीचको एकता पनि रुपान्तरण सहित सम्भव छ। नेपाललाई नयाँ ठाउँमा लिने नयाँ प्रस्ताव हुनुपर्छ। एकताको नयाँ घोषणापत्र बन्नुपर्छ, एक अर्कोमा मिल्ने होइन नयाँ आधारमा नयाँ एकता हो।’

उनले नेपालमा दलाल पुँजीवाद प्रमुख समस्या भएको भन्दै नेपालको संकटको अग्रगामी निकास नेपाली विशेषताको समाजवाद मात्र हुने दाबी गरे।

महासचिव विप्लवले नगर सरकारले गरेका राम्रा कामप्रति धन्यवाद दिँदै समाजवादी मोडलमा काम गर्न सुझाव दिए। उनले नेपालबाट एमसीसी फर्किने कुरा नेकपाको आन्दोलनको प्रभाव भएको जिकिर गर्दै अमेरिकालाई नेकपाले एमसीसी फिर्ता लिएकोमा धन्यवाद दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *