देउवाले बोलाए काँग्रेसका शिर्ष नेताको बैठक

डिसी नेपाल
१६ फागुन २०८१ १२:०७
308
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएपछि सभापति देउवाले पार्टीमा छलफलका लागि दिउँसो ४ बजे निजि निवास बुढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाएका हुन्।

बैठकमा संसद्मा पेश भएका अध्यादेश र पार्टीको भातृ संगठनको अधिवेशन लगायतका विषयमा छलफल हुने एजेण्डा रहेको बताइएको छ।

सरकारले ल्याएको भूमि अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारण गत एक महिनादेखि अलपत्र रहेको अवस्थामा सत्ता पक्षले छलफललाई तिब्रता दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *