सभामुखका पीएसओको सवारी दुर्घटनामा मृत्यु
धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीका सुरक्षाकर्मी (पीएसओ) सई योगेन्द्र बोहराको सवारी दुर्घटनामा मृत्यु भएको छ।
सोमबार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडक खण्डअन्तर्गत गोदावरी नगरपालिका–२ स्थित विद्युत् कार्यालय नजिक स्कुटर अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा ३४ वर्षीय सई बोहरा गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइए पनि उपचारकै क्रममा निधन भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment