प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

डिसी नेपाल
१९ फागुन २०८१ १६:४३
884
Shares

काठमाडौं । उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी कृष्ण बहादुर जिसीलाई प्रधानसेनापति अशोक राज सिग्देलले जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

पदोन्नतिसँगै उपरथी जिसी मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन्। प्रधानसेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा. कुन्द विक्रम शाहलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *