मिथिला मध्यमा परिक्रमामा ‘हेल्प डेस्क’ सञ्चालन

डिसी नेपाल
१९ फागुन २०८१ २२:००
24
Shares

जलेश्वर । मिथिला मध्यमा परिक्रमाका भक्तजनको सुविधाका लागि नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपाल, धनुषाको संयुक्त आयोजनामा मठियानीमा ‘हेल्प डेस्क’ सञ्चालन गरिएको छ।

उक्त हेल्प डेस्कबाट दुई हजारभन्दा बढी श्रद्धालुले सेवा लिएका थिए। सो अवसरमा भक्तजनलाई पानी र चिया वितरण गरिनुका साथै व्यवस्थित यात्राबारे जानकारीसमेत दिइएको हेल्प डेस्क संयोजक दिपक यादवले जानकारी दिए।

नेपाल र भारतको एतिहासिक तथा पौराणिक सम्बन्ध, परिक्रमाको महत्व तथा खुला सीमाको अपरिहार्यता र अनिवार्यताबारे नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा राजीव झाले जानकारी दिएका थिए।

कार्यक्रममा संस्थाका अध्यक्ष डा. झासहित कार्यक्रम संयोजक यादव, राष्ट्रीय मुक्ति पार्टीका नेता विनोदकुमार ठाकुर, क्लोथ बैंक नेपालका धनेश्वर ठाकुर, कृष्णकुमार साह र खुला सीमा संवाद समूहका मधुवनी प्रतिनिधि विपिन झालगायतको उपस्थिति रहेको थियो।

हेल्प डेस्कको उक्त सेवा परिक्रमाका क्रममा अन्य बासाहरु मडै, ध्रुबकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरहीलगायतका स्थानमा पनि जारी रहने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *