ग्यासको मूल्यमा १२ रुपैयाँ ७५ पैसा बढाउने सरकार र उद्योगीबीच सहमति
काठमाडौं। सरकार र आन्दोलन घोषणा गरेका ग्यास उद्योगीसँग सहमति भएको छ। ग्यास उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघ र सरकारबीच भएको वार्तामा सहमति जुटेको हो। सहमतिसँगै उद्योगीहरूको आन्दोलन स्थगित भएको छ।
संघ र सरकारबीच ५ बुँदे सहमतिभएसंगै ग्यासको मूल्य बढ्ने भएको हो। मंगलबार भएको वार्तापछि ग्यासमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहित भएको छ। यो सँगै अब ग्यासको मूल्य प्रतिसिलिन्डर १९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ। हाल ग्यासको मूल्य १९ सय १० रहेको छ।
उद्योगीहरूले नाफा बढाउनु पर्ने माग राख्दै गत माघ ३० गतेदेखि आन्दोलन घोषणा गरेका थिए। तर, सरकारसँग छलफल भएपछि १५ दिनका लागि आन्दोलन स्थगित गरिएको थियो। अत्यावश्यक वस्तुमा सरकारले आन्दोलन गर्न नपाउने गरी निषेध गरेको छ। खाना पकाउने ग्यास अत्यावश्यक वस्तुभित्र पर्छ। तर पनि ग्यास उद्योगीहरूले बारम्बार आन्दोलन घोषणा गर्दै आएका छन्। यसअघि सोमबार भएको छलफलमा ठोष निर्णय हुन सकेको थिएन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment