संसद बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलको बैठक

डिसी नेपाल
२१ फागुन २०८१ ११:०३
668
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन्।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे बस्नेगरि प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन्।

विपक्षी दलमा माओवादीसहित, नेकपा एकीकृत समाजवादी, रास्वपा, राप्रपा र आजपालगायतका दलहरु बैठकमा सहभागी हुने बताइएको छ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा पाँच अध्यादेश निर्णयार्थ पेश गरिने कार्यसूची छ। विपक्षी दलहरुले अध्यादेशको विरोध गर्ने रणनीति बनाउन बैठक बस्न लागेको बुझिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *