सुनको मूल्य बढ्याे
काठमाडौं। स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ। आज प्रतितोला सुनको मूल्य नौ सय र चाँदीको मूल्य १० रूपैयाँले बढेको हो।
मंगलबार प्रतितोला एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, आज चाँदी प्रतितोला रु एक हजार नौ सय ५० मा किनबेच हुँदैछ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment